सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । निधारमा र खुट्टाको औँलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सुरुंगास्थित त्रिवेणी होटलमा मंगलबार राति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीसँगै मादकपदार्थ सेवन गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिए पनि उनको नाम भने खुलाउन चाहेको छैन । नियन्त्रणमा लिएका व्यक्ति शरणामतिकै भएको र उनलाई अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।
