मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रकाशित समय 7:26:00 PM
लहान, ३० भदौ । सिरहाको पूर्व पश्चिम लोक मार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ११ मा आज मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको सारश्वर २ बस्ने वर्ष २० को व्रहमदेव साह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ३ ख ५७५३ नम्बरको ट्रक र स६प ७३६८ नम्बर मोटरसाईकल एक आपसमा ठोक्दिा दुर्घटना भएको हो ।
पुर्वबाट पश्चिम तर्फ गईरहेको ट्रक कुनै सिग्नलै नदेखाई एक्कासी सडकमा रोकिएपछि सोही दिशमा गइरहेको मोटरसाइकल पछाडीबाट ठोकिएको हो । ट्रकका चालक झापाका गुण निधि र ट्रक इलाका प्रहरी धनगढीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृत्य साहको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको हो ।
यसैविच, सोही नगरपालिका १२ मा एक जना महिलाले आफ्नो एक वर्षको छोरी सहित इनारमा हाम फालेका थिए । ३० वर्षिया हिरा खडका खनालले आफ्नी छोरी दिलसा खनालसहित घरनजिककै सार्वजानिक इनारमा हाम फालेकी हुन् । उनकी छोरीको मृत्यु भएको र घाईते हिरालाई लहान स्थित अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लहान प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »