शिक्षा कार्यालय सिरहामा कर्मचारी अपुग, सेवा प्रवाह गर्न समस्या

प्रकाशित समय 1:25:00 AM
शम्भु यादव
लहान १७ भदौ ः सिरहामा विद्यार्थी र विद्यालयको संख्या दिनदिनै बढ्दै गएपनि त्यसलाई व्यवस्थापन गर्ने निकाय शिक्षा कार्यालयमा भने कर्मचारी अपुग रहेका छन् । कर्मचारी अपुग भएपछि विद्यालयहरुको अनुगमन तथा कार्यालयको सेवा प्रवाहमा समस्या भईरहेका छन् ।
अहिले शिक्षा कार्यालय सिरहामा सहायक शिक्षा अधिकारी ५ जना दरबन्दी भएपनि जम्मा १ जना छन् । त्यस्तै, ११ स्रोत व्यक्ति हुनुपर्नेमा ९ जना छन्् । ६ जना विनि÷शाखा अधिकृतमा ४ जना रहेको सहायक जिल्ला शिक्षा अधिकारी तथा सुचना अधिकृत डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।
कार्यालयमा कर्मचारी अपुग भएकोेले सोचे जस्तो सेवा प्रवाह गर्न नसकेको सहायक जिशिअ अधिकारीले बताए । विभागसँग पटक–पटक माँग गरेपनि दरबन्दी अनुसार कर्मचारी हुन सेकेको छैन् । विद्यालयहरुको अनुगमन गर्न नसकेपछि उपलब्धी राम्रो हुन सकेको छैन् । एउटै कामका लागि शिक्षकहरुलाई दिनका दिन धाउन बाध्य भएको उनले भने । कर्मचारी थोरै भएपछि कहिलेकाही तालिम, गोष्ठी तथा विद्यालय अनुगमन गर्न गयो भने कार्यालयको काम नै ठप्प हुन्छन् ।
सिरहामा प्रावि ४५०, निमावि ८७ मावि ७३ उच्चमावि ४८, शिक्षा कार्यालयमा दर्ता भएका निजी विद्यालय २२९ र वालविकास केन्द्र ५८३ रहेका छन् । यस्तै, वालविकासमा पढाउने सहजकर्ता ५८३, प्रावि शिक्षक १५५४, निमावि शिक्षक ३१२, मावि शिक्षक २७९ र उच्च मावि शिक्षक ५५ जना रहेका छन् ।
निजी विद्यालय वाहेक सामुदायिक विद्यालयमा मात्रै शैक्षिक सत्र २०७२ मा सिरहामा जम्मा १ लाख १५ हजार १ सय १४ विद्यार्थी संख्या रहेको थियो । शैक्षिक सत्र २०७३ को तथ्याकं आउन अझै केही दिन लाग्ने सहायक जिशिअ अधिकारीले बताए । उनले भने, यस वर्ष देखि निजी विद्यालयको वास्तविक तथ्याकं संकलन हुदैछ । अहिले सम्म निजी विद्यालयको वास्तविक तथ्याकं शिक्षा कार्यालयमा नभएको उनले सुनाए ।
विद्यार्थीको संख्या अनुसार प्रावि तहमा शिक्षकहरु धेरै भएको छ । निमावि र माविमा कम रहेका उनले जानकारी दिए । निमावि र मावि तहमा शिक्षक माग अनुसार नभएपछि शैक्षिक उपलब्धी कम देखिएका छन् ।
यसैविच, सप्तरीमा पनि प्रावि तहमा विद्यार्थीका संख्या अनुसार शिक्षक बढी रहेको जिल्ला शिक्षा अधिकारी लक्ष्मी भट्टराईले जानकारी गराए । ४०८ वटा विद्यालय रहेका सप्तरीमा प्रावि शिक्षकमा १३०६ दरबन्दी र ४४५ राहत, निमाविमा २६८ दरबन्दी र १६७ राहत तथा माविमा २३३ दरबन्दी र ६७ राहतका शिक्षक छन् । निमावि र मावि शिक्षक विद्यार्थी संख्या अनुसार अपुग छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »