मार्गैन पत्नी भोजनी मल्लिकले मंगलसुत बन्धकी राखेर चर्पी बनाउन ग¥यो प्रयास

प्रकाशित समय 9:20:00 AM
गोलबजार २६ भदौ । खुल्ला दिशामुक्त अभियान लक्षित एकदिने बैठकले सिरहा नगरपालिका २ निवासी भोजनी मल्लिकको आँखा खोलिदियो । ‘बैठकमे आयल सर सवके बात सुइनक हम लज्जित भ शोकमे डुइव गेली (बैठकमा आएका सरहरुको कुरा सुनेर आफु लज्जित भएर शोक मग्न भएकोे),’ भोजनी मल्लिकले भनिन्, ‘(शोकमे डुवल देखलाक बाद हमरा घरके लोक सव पुछलक जे कि भेलौ ? आनदिन जेहन नैबाजै छे कियाक ? (शोक मग्न देख्दा मेरो घरका सदस्यहरुले चासो राखेर सोध्यो तिमिलाई आज के भो ? अरु दिन जस्तै बोलिरहेकी छैनौं, किन ?
‘घरका सदस्यहरुको कुरा सुनेर आफु केहीबेर बोल्नै सकिन्,’ उनले थपिन्, ‘केही घण्टा पछि चर्पीबारे बैठकमा उठेका कुराहरु घरका सदस्यहरुमाझ राखे ।’ बैठकका सहभागी अतिथिहरुले राम्रो लुगा लगाएको थियो तर चर्पी नभएकाहरुप्रति लक्षित गरेर लज्जित बनाउने गरी अनेकन गफ गरेको उनले सुनाइन् ।
बैठकका भनाईहरु उद्धृत गर्दै उनले खान्छौं लुकाएर अनि शौच गर्छौ देखाएर, शौच गर्नका लागि रातको प्रतिक्षा गर्छौ किन ?, चर्पी बनाउनुपर्दैन ? जस्ता कुराहरु उठेको थपन् ि। उनका अनुसार चर्पी नहुँदा महिलाहरुलाई धेरै प्रकारका रोगहरु लाग्ने गरेको बैठकबाट बुझियो । 
चर्पी निर्माण तथा सरसफाईबारे बैठकमा उठेका कुराहरु घरका सदस्यलाई सुनाएपछि तत्कालै पैसा नहुँदा त्यसको बन्दोवस्तीका लागि छलफल चलेको उनले बताइन् । चर्पी बनाउन घरका सबै सदस्यहरुले सहमति दिइएपनि तत्कालै आम्दानीको अन्य श्रोत फेला नपरेपछि आफ्नै मंगलसुत बन्धकी राख्न आफुले सुझाव पेश गरेको उनले सुनाइन् ।
‘इज्जत भन्दा संसारमा अरु कुनै ठुलो कुरो छैन्’,उनले भनिन्,‘पैसा फेरी–फेरी कमाउन सकिन्छ तर  इज्जत गयो भने जीवन नै बर्वाद हुन जान्छ । पैसा जतिखेर पनि पाइन्छ तर इज्जत गयो भने पैसाको कुनै मूल्य रहँदैन् ।’ प्रश्नको जवाफ दिँदै उनले मिथिलानी महिलाहरुका लागि विवाहको अन्य गरगहना भन्दा मंगलसुत महत्वपूर्ण भएको हुनाले त्यसलाई नबेची बन्धकी राखेको सुनाइन् ।  
‘मेरो प्रस्ताव सुनेर खुशी हुँदै घरका सबैले सदस्यहरुले बन्धकी सहमति दियो,’ उनले भनिन्, ‘त्यहीँ सहमति अनुसार महावीर चौकमा रहेको एक सुनचाँदी पसलमा ७ हजार रुपैयाँ लिई मंगलसुत बन्धकी राखे ।’ स्थानीय ललिता यादवसँग मासिक ३ रुपैयाँका दरले ब्याज तिर्ने गरी ५ हजार र बाँसको डाली, नाङ्गलो लगायतका सामग्री बेचेर जम्मा गरेको ४ हजार गरी कुल १६ हजार लगानीमा चर्पी निर्माण कार्य सुरु गरेको उनले बताइन् । 
फुसको एउटै घरलाई दुई भाग गरी दैनिक गुजरा गर्दै आएकी भोजनीले चर्पी भने पक्की नै बनाउन थालेकी छन् । घर जस्तै फुसको चर्पी बनाऔं भने धेरै दिनसम्म नटिक्ने हुनाले पक्की चर्पी बनाउन थालेको उनले सुनाइन् । रिङ्ग र सिट बाहेक चर्पीको सम्पूर्ण काम भइसकेको छ, उनको । मौसमले साथ नदिएर बाँकी काम रोकिएको उनको तर्क छ ।
‘एतेक दिन स चर्पी के मतलब नै बुझल छल (यत्रोदिनसम्म चर्पीको महत्वबारे ज्ञान थिएन्)’उनले भनिन्,‘अपना त एतेक दिन जेना तेना दिन काटली आब पुतौह के वहन दिन नै काटदेव (यत्रो दिन आफुले त खुल्ला रुपमा शौच गरेर भएपनि गुजारा गरे तर अब आउने बुहारीलाई त्यस्तो अवस्थामा फस्न नदिनको लागि चर्पी बनाउन लागेको र आफु पनि त्यस्तो अवस्थाबाट मुक्ति पाउनेछु ।’
चर्पी निर्माण कार्य सम्पन्न गर्न जस्तोसुक्कै चुनौतीसँग सामना गर्न तयार रहेको मार्गैन मल्लिकले प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार मौसमले साथ नदिएर काम रोकिएको छ नभए केही दिन पहिले नै चर्पी बनिसकेको हुन्थ्यो । पत्नीबाट चर्पीको महत्व, आवश्यकताक र फाइदाको कुरा बुझेर आफु धेरै खुशी भएको उनले थपे । 
भोजनीले यसरी चर्पी बनाउन थालनी गर्नुमा सरसफाई प्रज्वलक हिरा रायको रचनात्मक सहयोग रहेको छ । समान्य चिनजानको आधारमा हिराले भोजनीको सम्र्पक नम्बर राखेर बैठकमा हिराले बलाइन् । एउटै बैठकका बसाईले चर्पी बनाउनुपर्छ भन्ने उनमा चेत्त जाग्यो । जनता आवाश कार्यक्रम अन्तर्गत आफ्ना छिमेकीहरु घर बनाइदिने तर आफु त्यो घर नदिएको उनले गुनासो पोखिन् । 
‘मेरै जस्तो आर्थिक आय मेरो छिमेकीको हुँदा उनलाई त्यो घर बनाइदिएको छ तर आफुलाई त्यो घर नदिनुका कारण के ?’ उनले सम्बन्धित निकायसँग प्रश्न गरिन् । विहान र साँझको हातमुख जोड्न भोजनी र उनका पति मार्गैन समान्य पुर्खौली पेशा तथा केही ठाउँमा सरसफाईको काम गर्दै आएका छन् । 
मासिक आम्दानी खाना लगाउनमै सकिने गरेको उनले सुनाइन् । ‘सबैथोक बजारबाटै किन्नुपर्दा भएको आम्दानी कसरी नसक्नु ?’ उनले थपिन्,‘२ छोरा र १ छोरीको पढाईमा पनि खर्च तिर्नै परेको छ । उनीहरु अहिले पढ्दै गरेको हुनाले खर्च पनि बढेको हो ।’ मार्गैनले तीनै छोरा छोरीलाई नीजि विद्यालयमा पढाइराखेकी छन् ।  
नेपाल स्वास्थ्यको लागि पानी (नेवा) का बरिष्ठ सहजकर्ता प्रेमकुमार सिंहले सरसफाई सम्बन्धी बैठककमा विषयबस्तुबारे कुराहरु जति–जति उठ्दै गयो भोजनीको बोली उत्तिकै गतिमा कम हुँदै गएको भने । मलिनो अनुहार हुनेहरु धेरैको भीडमा भोजनी पनि एक रहेको उनले जनाए । सिनपा वडा २ लाई खुल्ला दिशामुक्त गर्न सहजीकरणको नेवाले सहजीकरण गर्दै आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »