सडकको मापदण्डलाई मिचेर स्थानीयहरुले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको सडक क्षेत्रभित्रको जग्गा खाली गराइएको हो । भलुवाही चौकको दुबैपट्टीको घरटहरा, रुख विरुवा तथा अन्य घरेलु सामग्री खाली गराइएका छन् ।
सडक विस्तारसँगै भलुवाही चौकको सरसफाई पनि गरियो । सरसफाई कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक अगुवा, समाजसेवी, युवा लगायत अन्य पक्षका सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो ।

सडकको निर्धारित मापदण्ड अनुसार ५० फिट कायम गरिएको उनले थपे । सडक विस्तार कार्यसँगै व्यवस्थापन तथा अन्य पक्षमा सुधार ल्याउन कार्यनीति बनाएर अघि बढ्ने वातावरण प्रमुख चौरवारले प्रतिबद्धता व्यक्त गरे । स्थानीयहरुको मागलाई अधिकतर रुपमा पुरा गर्ने कार्यालयले प्रयास गर्ने उनले विश्वास दिलाए ।
समयक्रमको विकास भएर सडकको विस्तार नहुँदा दुर्घटना हुने गरेको इलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज शिवनारायण यादवले बताए । सडक विस्तार कार्यमा स्थानीयहरुको सहयोगकारी भुमिकालाई उनले प्रशंसा समेत गरे । सडक विस्तारमा स्थानीयले देखाएको सक्रियतासँगै आउने दिनमा त्यसलाई व्यवस्थापनमा सक्रिय रह्न उनले आग्रह गरे ।

बाहिरबाट गएर अरु ठाउँ वा चौकको सरसफाई गर्नुको साटो सम्बन्धित ठाउँकै स्थानीयहरुलाई सरसफाईतिर ध्यान तान्ने रणनीति बनाएर अघि बढ्नुपर्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । नमूनाको लागि नगर तथा अभियन्ताको टोली पुग्नु राम्रो हो तर आफ्नो गाउँ सफ ागर्न आफै अग्रसरता देखाउनुपर्ने उनीहरुले धारणा राखे ।
