प्रधानमन्त्रीलाई मधेसमा यस्तो छ, स्वागतको तयारी

प्रकाशित समय 9:28:00 AM
सिरहा, २६ भदौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न आज  सोमवार सिरहाको मिर्चैया आउने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारत जानुभन्दा पहिला आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरेर जाने चाहानासहित दाहाल सिरहा आउन लागेको जनसभा आयोजकले जानकारी दिएका छन् ।
प्रचण्डको सुरक्षामा चार सय प्रहरी तैनाथ
माओवादी केन्द्रका अध्यक्ष तथा प्रभानमन्त्री पुष्पकमल दाहाल सिरहा आउने भएपछि यहाँका सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञावालीले दिएको जानकारी अनुसार प्रचण्डको सुरक्षाको लागि काठमाडौको बिशेष प्रहरी टोली, क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको प्रहरीलाई खटाइएको छ । त्यस्तै जिल्लामा प्रत्येक चौकहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रचण्डको सुरक्षाको लागि चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको एसपी ज्ञवालीले बताए । यसअधि संबिधानको मस्यौदा माथि छलफल गर्न आएका प्रचण्डलाई स्थानीयहरुले बिरोध गरेका थिए ।
बिरोध गरेका मिर्चैयावासी दाहालको भव्य स्वागतको तयारीमा
संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुंगामुडा बेहोरेका दाहाललाई यसपटक भने यहाँका जनताले भव्य स्वागतको तयारी गरेका छन् । मिर्चैैैया वरपरका सरकारी तथा गैरसरकारी संघसंस्था तथा विद्यालायहरुले ठाउँ ठाउँमा स्वागतद्वार बनाएका छन् ।
प्रधानमन्त्री दाहालले सम्वोधन गर्नुहुने जनसभाको तयारी तीव्र रुपमा भइरहेको आयोजक समितिका जगत यादवले बताए । उनका अनुसार ५० हजारको हाराहारीमा मानिसहरु कार्यक्रममा उतार्ने तयारी भएको बताए । कार्यक्रममा प्रदेश नं. २ का सबै जिल्लाबाट सहभागीहरु उपस्थित हुने बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »