सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारतर्फ लगिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुबै युवतीको उद्धार गरी दुर्गा र प्रमिलालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए। यसैगरी लागु औषध मुद्दामा अदालतबाट कैद सजाय पाएर १६ वर्षदेखि फरार रहेका श्रीचन पासमानलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट २०५६ साल पुस ११ गते १० महिना २८ दिन कैद र रु दश हजार जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाविस– ४ निवासी ४५ वर्षीय पासमानलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
