गोलबजार, ४ कार्तिक । सिरहामा सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । सिरहाको मिर्चैयामा बुधबा राति बस र ट्रक एक आसपमा ठाकिदा घटनास्थलमा मृत्यु भएका भारत सिक्कीम ग्यान्टोकका ३३ बर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० बर्षीय विन्दीया गुरुङ्क र पाँचथर रवी ६ का ३५ बर्षीया ननुका राईको सनाखत भएको छ ।

घाइते मध्ये अबस्था गम्भिर रहेका अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए ।
सामान्य घाइतेहरुको स्थानिय स्तरमा उपचार भईरहेको छ भने केहि उपचार गराई घर फर्की सकेका छन् । यता, दुर्घटनामा परेका दुवै सबारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले जानकारी दिए ।
