पुल बनेपछि बाढीबाट छुटकारा

प्रकाशित समय 5:15:00 PM
गाईघाट, ३० असोज । गाईघाट र असारीका सर्वसाधारणले विगत वर्ष जस्तो यसवर्षको दसैँमा बाढीको जोखिम मोल्नु परेन ।
वैकल्पिक राजमार्ग अन्तर्गत वैकल्पिक सडक आयोजनाले असारी गाईघाट जोड्ने उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा खोलामा पक्कि पुल निर्माण भएपछि सर्वसाधारणले बाढीको जोखिमबाट छुटकरा पाएका हुन । धरानरचतरा, गाईघाट कटारी, सिन्धुलीरहेटौँडा सडक आयोजना नाम दिइएको तीनसय २३ किलोमिटर लामो उक्त वैकल्पिक राजमार्गको उदयपुर खण्डमा सडक संरचना निर्माण गर्ने कार्ययोजना अन्तर्गत छ करोड ६४ लाख रुपियाँ लागतमा सो पुल निर्माण भएको इन्जिनियर कपिल तण्डुकारले बताए ।
बिभिन्न दात्री निकायको आर्थिक सहयोगबाट सञ्चालन गरिएको सो सडक आयोजनाको निर्धारित क्षेत्रभित्र ९६ वटा पुल निर्माण गर्नुपर्ने र त्यसमध्ये गाईघाटस्थित बरुवा खोलाको करिब दुईसय पाँच मिटर लामो दुई लेनको पक्कि पुल निर्माणको काम करिब तीन वर्षको समयावधिमा सम्पन्न भएको उनले बताए ।
बरुवा पुलको निर्माण कार्य पूरा भएसँगै अब धरानबाट सप्तकोसी चताराघाटहुँदै गाईघाटसम्मको आवागमनमा सहजता भएको स्थानीय उपभोक्त केदारकुमार थापाले बताए । बिभिन्न ठाँउका रहेका केही ससाना खहरेखोला बाहेक वर्षातको समयमा समेत धरान चतारा गाईघाटको यात्रा सहज भएको तर ठूला पुल भएका खोलाबाहेक अन्य सडकको स्तरउन्नति हुन नसक्ता दशैंको समयमा समेत वर्षात भइरहेकोले आवागमनमा केही कठिनाइ भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »