जनकपुर, २ कार्तिक । यातायात व्यवस्था कार्यालय जनकपुरमा सवारीसाधनका कागजातहरु असुरक्षित भएको छ । कार्यालयको लापरवाहीले सवारीसाधन र चालकसंग सम्बन्धीत महत्वपूर्ण कागजातका फाईलहरु हराउन थालेको हो ।

कार्यालयमा कागजात हराउदा त्यसको फाईल पुनः खडा गर्नु पर्ने हुन्छ । जस्को कारण सेवाग्राहीले दिनहु दौडधुप त गर्नु पर्छ नै त्यसको लागि दलाल मार्फत काम गरउनसमेत घुस खुवाउनु परेको सेवाग्राहीहरुको भनाई छ । यता सोही कार्यालयमा फाईलको रेखदेख गर्ने एक कर्मचारीले कार्यालय प्रमुखले कागजात सुरक्षितसित राख्न दराज उपलब्ध गराउँन पटक–पटक माग गर्दा समेत उपलब्ध नभएपछि यस्तो अवस्थामा पुगेको बताए ।
त्यस्तै यस विषयमा यातायात व्यवस्था कार्यालयका निमित प्रमुख एवं अधिकृत अभय गुप्ताले सवारीसाधनका फाईहरुको संख्या बढेकोले तर नभएकाले जसोतसो राखिएको बताए । अव चाँडै कागजातहरु सुरक्षित र व्यवस्थित रुपले राख्ने प्रयासमा लागेको उनको भनाई छ ।
