प्रहरीले दिएको याताना विरुद्ध न्यायका लागि सहयोग गर्न इन्सेकसंग आग्रह

प्रकाशित समय 7:12:00 PM

इन्सेक क्षेत्रीय कार्यालय विराटनगरमा क्षेत्रीय निर्देशक सोमराज थापालाई प्रहरीले 
दिएको यातानको विषयमा बताउदै पिडित मोरङ कद्माहा २ कीगुलेफुन खातुन । 

मोरङ, १ कार्तिक । मोरङ कद्माहा–२ की ४० बर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रंगेलीमा आफुलाई २८ दिनसम्म यातना दिएको भन्दै न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालय विराटनगरमा आग्रह गरेकी छिन । उनले प्रहरीले  आफु माथि गरिएको यातना र अमानविय कार्यको विरुद्ध न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापालाई जानकारी दिदै कार्तिक १ गते निवेदन दिएकी हुन् । 
मोही हक नामसारी गर्नका लागि कद्माहा गाविसका प्रविधिकले रसिद काटेर बनाई दिएको सिफारीस पत्र जालसाजी गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर उल्टो झुण्ड्याई यातना दिएको गुलेफुनले बताइन । इलाका प्रहरी कार्यालय रंगेलीका हवल्दार सरोज पण्डितले उल्टो झुण्ड्याई याताना दिएको, खानामा समेत थुकिदिएको उनले बताइन ।
उनलाई गत असार ४ गते कर्सिया प्रहरी चौकीले घरबाट नै काम छ भन्दै लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा लगेको उनले बताइन । न्यायका लागि उनले कार्तिक १ गते नै राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएको बताइन । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अभिचन्द्र रिजालले याताना नदिएको दावी गरेका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »