प्रेस सेन्टर नेपाल, सप्तरीले विहीवार राजविराजमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । माओवादीले नै उठाएका मुद्दाहरु स्थापित भएको बताउँदै उनले भने ‘‘माओवादीको बलिदानीपूर्ण इतिहासलाई बिर्सेर यतिबेला माओवादीलाई नै घेराबन्दीमा पार्ने काम भईरहेको छ ।’
मधेशको नाममा शोषक, सामन्त एवम् दलाली गर्नेहरु नै स्थापित भईरहेको बताउँदै पूर्व सिंचाईमन्त्री यादवले सिंहदरबारभित्रै ठूलाठूला सिंहहरु बसेकोले अझैं पनि सर्वसाधारण जनता राज्यको पहुँचबाट बञ्चित भईरहेको बताए । उत्पीडित मधेशी र पहाडी दुवै मिलेर आफ्नो हक अधिकारकोलागि लड्नु पर्नेमा उनले जोड दिए ।
कार्यव्रmममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका सप्तरी क्षेत्र नम्वर २ का सांसद अशोक कुमार मण्डल (अमर)ले जिल्लामा भ्रष्टाचारको विगविगीको कारण विकास कार्यले गति लिन नसकेकोले सञ्चारकर्मीहरुले यस विषयमा कलम चलाई दिन आग्रह गरे ।
माओवादी केन्द्रका पोटिलब्युरो सदस्य महेश प्रसाद यादवले आफुले जनता समक्ष वाचा गरेको कुराको ब्यवहारमा पालना गर्नेतर्पm लाग्न सवैलाई आग्रह गर्दै सवै पक्ष अहिले मुलुकमा जारी संविधानको कार्यान्वयनमा आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे ।
सप्तरी क्षेत्र नं. १ का सांसद एवम् माओवादी केन्द्रका पोटिब्युरो सदस्य मानपुर चौधरीले मधेश आन्दोलन, थारु लगायतका आन्दोलनको पक्षमा आफु सदैव लागेको बताउँदै मधेशी, थारु, आदिवासी, जनजातीहरुले जवसम्म अधिकार नपाएसम्म आफुले लडिरहने बताए ।

प्रेस सेन्टर नेपाल, सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष देवराम यादवको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यव्रmम सम्पन्न भएको हो । कार्यव्रmमको सञ्चालन प्रेस सेन्टर सप्तरीका सचिव दिनानाथ यादवले गरेका थिए ।
यसैगरी माओवादी केन्द्र क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलाले माओवादीका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमै टिकाई राख्नको लागि राजु यादवको संयोजकत्वमा समन्वय समिति बनाईएको छ ।
सो समितिमा डम्वर राई, अशोक यादव, अशोक आचार्य, श्रीप्रसाद यादव लगायतको सदस्य रहेको छ । सो कार्यव्रmममा १ नं. क्षेत्रका सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मानपुर चौधरीको उपस्थिति रहेको थियो ।
