लोकमान दण्डको भागिदार हुनैपर्छ : गगन थापा

प्रकाशित समय 8:33:00 PM
काठमाडौं, २ कार्तिक । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले पदीय मर्यादा विपरीत काम गरिरहेकाले दण्डको भागीदार हुनुपर्ने बताएका छन् ।
बेनी अस्पताल म्याग्दीको अवलोकनपछि मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘‘सरकारले संवैधानिक आयोगका विषयमा केही बोल्न मिल्दैन । तर, एउटा संसद रुपमा उनको आचरण वेठीक छ भन्ने हिजोको मेरो मत आजपनि यथावत छ ।’
अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुपर्ने डा. गोविन्द केसीको मागमा आफ्नो समर्थन रहेको बताउँदै उनले केसीका अन्य अधिकांश मागहरु सरकारले पुरा गर्ने चरणमा रहेको बताए ।
‘डा. केसीको महत्वपूर्ण माग चिकित्सा शिक्षामा नियमन गर्न छुट्टै ऐन बनाउनुप¥यो भन्ने हो । ‘हाम्रो सरकारले आएपछि अलपत्र अवस्थामा रहेको उक्त ऐनलाई संसद्मा छलफल गराएर, संसद्कै उपसमितिमा पठाएका छौँ’, उनले भने, ‘‘केही समयभित्रै त्यसलाई संसदले पारित गर्छ ।’ सरकारले मनमोहन स्मृति विधेयक समेत फिर्ता लिन संसदमा प्रक्रिया अघि बढाइसकेको अवस्थामा डा. केसीले उठाएका अधिकांश सम्बोधनको चरणमा रहेको उनले बताए ।
अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन संसदको रुपमा आफुले जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । ‘‘कार्कीका विषयमा सर्वोच्च अदालतमा पनि केही कुरा विचाराधीन अवस्थामा छन, महाअभियोगका विषयमा म डा. केसीसँगै छु’ उनले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »