हुकिङ्ग नियन्त्रण अप्रेशन तिब्र एक हप्तामै चार दर्जन विद्युतीय सामग्री सहित पक्राउ

प्रकाशित समय 6:35:00 PM
जागेशवर यादव
सिरहा, १० कार्तिक । देशभरी आम नागरिकले लोडसेडिङ्गको चरम मार खेपिरहेको समयमा सिरहाको लहान वितरण केन्द्र अन्तर्गत दक्षिणवर्ती क्षेत्रमा रहेका अधिकाशं गाविसमा व्यापक विधुत चुहावट भइरहेको सुचनाको आधारमा लहान विधुत प्राधिकरण लहानले विधुत चुहावट नियन्त्रण तथा अप्रेशन अभियान संचालन गरेको छ ।
वितरण केन्द्र लहानले चुहावट र हुकिङ्ग हुने एरियामा पटक पटक सचेत गराउँदा पनि उपभोतmाले वेवास्ता गरेको भन्दै केन्द्रले अप्रेन अभियान संचालन गरेको छ ।  विगत महिनौ दिनदेखि नियमित विधुत चुहावट तथा हुकिङ्ग नियन्त्रण अभियान संचालन गरिएको लहान विधुत प्राधिकरण वितरण केन्द्र लहानका निमित प्रमुख त्रिभुवन कुमार यादवले जानकारी दिए ।
निमित प्रमुख यादवले लहान एरियाको दक्षिणवर्ती क्षेत्रका अधिकांश गाविस विधुत चुहावट तथा हुकिङ्गको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको वताए । विद्युत चुहावटका कारण लहान एरियामा लोडसेडिंग, ट्रान्सफरमर जल्ने लगायतको समस्या दिनहँु विद्युुतमा आइरहेकोले वितरण केन्द्रले नेपाल प्रहरी सशस्त्र प्रहरी र विद्युतका कर्मचारीको संयुतm अप्रेशन टोलिले दक्षिणवर्ती क्षेत्रमा निगरानी बढाएको निमित प्रमुख यादवले जानकारी दिए ।
कार्तिकको पहिलो हप्तामा मात्र वितरण केन्द्रको अप्रेशन टोलिले विद्युत चुहावटमा संलग्न चार दर्जन भन्द बढी व्यतिm र संयौको संख्यामा विधुतीय समाग्रीहरु पक्राउ गरि विधुत ऐन २०४९ अनुसार कारवाही गरेको छ । अप्रेशन अभियानले नियमितता पाउन थालेपछि विधुत चुहावट र हुकिङ्ग न्युनिकरण भएको प्राधिकरणले जनाएको छ । यस अभियानले वितरण केन्द्रको राजश्वमा उल्लेखनीय बृद्धि भएको केन्द्रका निमित प्रमुख यादवले जानकारी दिए ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान फेरी थालेको छ । केही दिनदेखि सुस्ताएको अभियान दिपावलीको मुखमा फेरी सुरु भएको छ । गएको केही दिनमा दुई दर्जन बढी मानिसहरुलाई पक्राउ गरी कारबाही गरिएको छ । २१ थान विद्युतिय मोटर, ६ थान फ्रिज, १० वटा पंखा, ६ थान ईनभर्टर, स्टेपलाईजर, रन्दा मेसिन नियन्त्रणमा लिएको छ । विद्युत चुहावट हुन थालेपछि ग्राहकलाई लोडसेडिङ जस्तो विकराल समस्याको सामना गर्नुपरेको छ ।
यसैगरि केन्द्रले क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने गाविसहरुमा छापामारी अभियान सुरु गरेको छ । छापामारीको क्रममा चुहावट गरिरहेका २७ जनालाई पक्राउ समेत गरेको छ । यता केन्द्रले गरेको छापामारीप्रति सर्वसाधारणले आपती जनाएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका नगरवासीहरुले आफुहरु मिटर पडकेको र पटक पटक मिटर परिवर्तनका लागि कार्यलय धाउदा पनि दौडधुप गराउदा पनि उपलव्ध नगराएर चुहावटको नाममा छापमारी गर्नु दुःखद रहेको वताएका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »