शुक्रबार जिल्ला अदालत धनुषाको ईजलास नं. ३ का न्यायाधीश केशवप्रसाद अधिकारीको फैसलाले राम तपेस्वर दासलाई दोषी ठहर गर्दै जरिवाना बापत ५ हजार र क्षतिपूर्ति वापत २५ हजार गरी ३० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विस २०७० साल माघ १७ गते जानकी मन्दिरको विवाद प्रकरणमा तत्कालिन जनकपुरका गुठी प्रमुख पाण्डेलाई कालोमोसो दलिएको थियो । केन्द्रिय गूठी संस्थानका तत्कालीन अध्यक्ष तथा प्रशासक पञ्चलाल महर्जनले जानकी मन्दिरका महन्थ राम तपेस्वर दासलाई बर्खास्त गरि जगदीश दासलाइ नियुक्ति गरेपछि विवाद चुलिएको थियो । विवादको क्रममा केही ब्यक्तिले २०७० साल माघ २३ गते गूठी प्रमुख पाण्डेलाई कार्यालयमै पुगि कालोमोसो दलेका थिए ।
