वृक्षारोपाण गरी प्रहरी दिवस मनाए

प्रकाशित समय 10:49:00 AM
गोलबजार, १९ असोज । सिरहा प्रहरीले वृक्षारोपण गरी ६१औं प्रहरी दिवस बुधबार मनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र सामुदायिक प्रहरी सेवा केन्द्र सिरहाको संयुक्त आयोजनामा सिरहा नगर क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम गरी प्रहरी दिवस मनाएको सिरहा प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञावलीले बताए ।
सो अवसरमा नेपाल प्रहरी, नेपाल पत्रकार महासंघ सिरहा शाखा, नेपाली सेना, समाजसेवी तथा स्थानीयवासी, बुद्धिजीवि लगायत करिब दर्जनौंको सहभागी रहेको प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »