संविधान कार्यान्वयन प्रमुख चुनौती: राजेन्द्र महतो

प्रकाशित समय 8:42:00 PM
सर्लाही, २ कार्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती रहेको बताएका छन् । संविधान कार्यन्वयन नभए हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा उनले औंल्याए । संविधान कार्यान्यनका लागि सम्पूर्ण नेपाली जनताका लागि स्वीकार्य हुनुपर्ने र त्यसका लागि संशोधन आवश्यक रहेको उनले बताए ।
सर्लाहीको हरिपुरमा आयोजित वर्गीय मन्चको मंगलबार आयोजित क्षेत्रीय अधिवेशन उद्घाटनका लागि आएका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधन नभइ दुनियाँको कुनै शक्तिले पनि कार्यान्वयन गर्न नसक्ने ठोकुवा गरे । ‘संविधान संशोधन मधेसी, थारु, मुस्लिम, जनजाती, दलितको मात्र नभई मुलुकको आवश्यकता हो,’ उनले भने, ‘संविधान कार्यन्वयन नभए आन्दोलनको सम्पूर्ण उपलब्धि गुम्छ, कार्यान्यनको लागि संशोधन अपरिहार्य छ ।’
उनले संविधान संशोधन नगरि कार्यान्यन गर्नुपर्छ भन्ने पार्टी लोकतन्त्र विरोधी भएको आरोप लगाए । वर्तमान सरकार संविधान संशोधनका लागि नै गठन भएको उल्लेख गर्दै तोकिएको काम नगरे सरकार गठनको औचित्य नै समाप्त हुने बताए । संविधान कार्यान्वयन र मोर्चासँग भएको ३ बुँदे सम्झौता पालना वर्तमान सरकारको दायित्व भएको महतोले बताए ।
   उनले वर्तमान सरकार गठनअघि लिखित सम्झौता भएको तोकिएको काम गर्नेमा आफूहरु आशावादी रहेको बताए । वर्तमान सरकारप्रति महतो नरम रुपमा प्रस्तुत भएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »