ज्यान मार्ने प्रयास, घाइतेको उपचार चल्दै

प्रकाशित समय 10:47:00 AM
सिरहा, २९ असोज । जिल्लाको कृष्णपुर ७ बस्ने संजय कुमार यादवमाथि शनिवार राती केही अपराधिक युवाहरुको समूहले छुरा प्रहार गर्दै ज्यान मार्न गरेको प्रयास विफल भएको छ । मेला हेर्न गइरहदा सन्हैठा २ र ३ को बीचमा त्यो समूहले घेरा हाली अन्धाधुन्द कुटपिट गर्दै ढाँडमा छुरा प्रहार गरेका छन् ।
‘अचानक ती युवाहरुको समूहले संजयको मोटरसाइकल रोकी घेरा हालेर कुटपिट गर्न थाल्यो,’ प्रत्यक्षदर्शीले भने, ‘बचाउनु–बचाउनु भन्न थालेपछि मलाई पनि हेल्मेटले हान्यो, म पनि अचेत भए । पछि खासै कुरा थाहा पाउनै सकिन् ।’ स्थानीय स्त
रमा उपचार असम्भ भएपछि जिल्ला अस्पताल सिरहा ल्याइयो तर यहाँबाट पनि घण्टा नबित्दै रेफर गरियो । थप उपचार जारी रहेको छ ।
‘मसँग केही कुरा नै नगरी ती युवाहरुले अन्धाधुन्द फाइटिङ्क र हेल्मेटले हान्न थाल्यो,’ संजयले भने, ‘मैले गाविसकै बीरेन्द्र यादव र औरहीका रविन्द्र दास तत्मालाई चिने अरुलाई चिन्नै सकिन् । कुटाईले म अचेत भएपछि उनीहरु छोडेर भाग्यो ।’ ‘भुँईमा नलडेसम्म उनीहरु मलाई पिटिरह्यो,’ उनले रुदै थपे । कृष्णपुरका स्थाननीय श्रोतले बताए अनुसार वडा नं.३ लवकाटोल बस्ने देवनारायण यादवको छोरा अन्दाजी २० बर्षिय बीरेन्द्र यादव रहेको छ ।
घटनाको सुरुवात कसरी ? र, ज्यान मार्ने योजना कसले बनायो ?
कृष्णपुर ७ पछवाइटोल भएर करिब चार बजे दक्षिणतिर मोटरसाइकमा दुई जना सवार बीरेन्द्र र उनकै गाउँका रामनारायण मण्डलको छोरा विजय मण्डल गइरहेको थियो । त्यही समयमा संजय पनि काम विषेशले मोटरसाइकलमै दक्षिणैतिर गइरहदा बीरेन्द्रको छेउ भएर संजयको मोटरसाइकल ‘क्रस’ भयो ।
त्यतिकै कुरालाई इगो बनाएर बीरेन्द्रले फर्केर संजयको घरमा पुगी उनको बुवाको नाउँ लिँदै तथानाम गाली ग¥यो । बीरेन्द्रको भनाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले भने, ‘अँ यो संजयको के हैसियत छ कि मेरो छेउ भएर यसरी मोटरसाइकल चलायो । यसले त मलाई ठोकर हान्न प्रयास गरेको थियो । यसको बुवालाई पनि देखाउनुपर्छ । हैसियत छैन् अनि छोरालाई मोटरसाइकल चढाउछ । यसको परिणाम आजै देखाउछु ।’
बीरेन्द्रले घरमै पुगेर तथानाम गाली गर्न थालेपछि गाउँलेहरु सम्झाउन धेरै प्रयास ग¥यो तर उनले सबैको प्रयासलाई बेवास्ता गर्दै गाली गर्दै रह्यो, स्थानीयहरुको भनाई रहेको छ । पछि जानकारी पाएर संजयले घर आउदा गाली गर्ने बीरेन्द्र र संजयको बीचमा समान्य हात हाला–हाल भयो । स्थानीयहरुले साम्य पार्दै बीरेन्द्रलाई सम्झाएर घर पठाए । स्थानीयका अनुसार विजय र बीरेन्द्र दुबैजनाले रक्सी सेवन गरेको थियो ।
संजयको तर्फबाट अभिभावकत्व निर्वाह गर्दै उनको काका मिश्रिलाले बीरेन्द्रलाई भन्यो, ‘बीरेन्द्र हामी त सबै गाविसकै मान्छे छौं । के विवाद भयो ? संजयसँग । विवाद भएपनि अभिभावकिय स्तरबाट कुरा चलाउदा पनि त हुन्थ्यो नि । घरमै पुगेर गाली गरेको किन ? जे भयो भयो अब पनि घर जाउ र मेला पछि गल्ती कसको हो छलफल हुन्छ ।’
   बीरेन्द्रको भनाई उद्धृत गर्दै स्थानीयहरुले भने,‘मिश्रिको सबै खाले प्रयास र आग्रहलाई बेवास्ता गर्दै बीरेन्द्र अघि बढेर भन्यो ‘यसलाई आजै साँझसम्म ठिक पार्छु ।’ रडियाहा र पछवाइटोलको बीचमा बीरेन्द्रले फोनमा बेस्त रहेको प्रत्यक्षदर्शीले बताए । ‘उनको दुबै हातमा मोवाईल थियो, एक पछि अर्को लिएर फोन गर्दै थियो,’ नाम गोप्य राख्ने शर्तमा एकजनाले भन्यो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »