नपढेको भन्दै घरबाट निकालिइन् फूलमती

प्रकाशित समय 7:01:00 AM
कपिलवस्तु, २२ असोज । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी छिन् ।
उनको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्ता हुन्छ भन्दै सानैमा विहे अनि केही वर्षपछी गौना गर्ने चलन रहेको छ । फूलमतीको विवाह शिजराज नगरपालिक १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।
बब्बु यादव पढेलेखका छन् तर फुलमती निरक्षर छिन । बब्बु यादव र उनका परिवारले अशिक्षित भन्दै बाह्र वर्षअघि विवाह गरेर ल्याएकी बुहारीलाई हेयका दुष्टिले हेरेको फूलमती बताउँछिन् । उनका पति बब्बु यादव बैदेशिक रोजगारको सीलसीलामा दुवाई जाने,आउने गर्छन ।
वैदेशिक रोजगारीबाट आएका समयमा फूलमतीका दाइ प्रभु यादल बहिनीलाई पनि सँगै लान आग्रह नगरेका होइनन् । तर बब्बुले भने पढलेख नगरेकी छैन भन्दै वैदेशिक रोजगारीमा लान मात्र होइन घर परिवारमै राख्न अस्विकार गर्दैै आएका छन् ।
विवाह गर्दा मागेजति दाइजो माइतीले दिएको फूलमतीले बताइन् । उनले भनिन, ‘‘विवाहमा दाइजो पनि माइतीले दिएका हुन, तर अहिले मलाई घरमा बस्न दिएका छैनन, म वेशाहरा बने उनले भनिन, ‘मलाई कसले न्याय दिलाइदिन्छ ।’
उसोत फूलमतीका दाई प्रभु यादवले महिला हक अधिकारको पक्षमा काम गर्नेसंस्थाहरुमा बहिनीको विषयमा जानकारी नगराएका होइनन् । तर, कोही उनको पक्षमा बोल्न तयार भएनन् ।
खरेन्द्रपुर सोमई धोबी भन्छन, ‘फुलमतीको बारेमा तीन पटक वडा प्रहरी कार्यालय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैेले घर लैजान्छु भन्दै सहमति गरे उनका श्रीमान बब्बुले ।’
तर केही दिनमै उनलाई घरमा बस्न नसक्ने वातावरण बनाइयो र पुन माइतीको शरणमा पुगिन् फूलकुमारी ।
केही हप्ता पछी उनलाई पुनः इलाका प्रशासन कार्यलाय चन्द्रौटा बोलाइयो पहिले नगारिकता बनाउने छोरीको जन्मदार्ता बनाउनेका लागि पत्र बनाएर फेरी वडा प्रहरी कार्यालय चन्द्रौटामा बोलाइयो ।
इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उनको श्रीमानलाई पनि हाजिर गराएको थियो । विशनपुरका एमालेका नेता र काग्रेसका  स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागाज पत्र बनाउने अनि कागाज पत्र बनेपछी विशनपुर लैजाने भनेर सहमती भयो । त्यसको अर्का दिने  इलाका प्रशासन कार्यलायमा फुलमती र उनका दाजु प्रभु प्रशासन कार्यलाय पुगे त्यहा उनको श्रीमान पक्षको कोही पनि हाजिर भएनन् ।
फूलकुमारीका माइती पक्षले बब्बुले अर्को विवाह गर्न लागेका कारण आफ्नी बहिनीलाई हेला गरेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »