आमा छोरी ओछ्यान मै मृत फेला

प्रकाशित समय 6:16:00 PM
सिरहा, २ कार्तिक । सिरहा नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् ।
मृत्युका कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आमाछोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकका पति फिरता मुसहर एकहप्ता पहिला नै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »