पटाकासहित एक जना पक्राउ

प्रकाशित समय 5:40:00 PM
गोलबजार, ४ कार्तिक । भारतबाट ल्याउदै गरेको विष्फोटक पदार्थ फटाकासहित एक जनालाई पक्राउ गरेको छ । आउदै गरेको दिपावली तथा छठ पर्वका लागि विक्री वितरणको लागि ल्याउँदै गरेको विष्फोटक पदार्थ फटाका सहित भारतको मधुवनी ग्राम झलौन पंचायत लदनिया बस्ने २० वर्षीय शिव चन्द्र साहलाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बुधबार राति सिरहाको कचनारी ८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । साहको साथबाट बिभिन्न किसिमका पटाकाहरु बरामद भएको जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यलयमा राखेर कानुनि कारबाही अगाडी वढाईएको प्रहरीले जानएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »