मोस्टवान्टेड यादब पक्राउ

प्रकाशित समय 8:07:00 AM
गोलबजार, ८ कार्तिक । मोस्टवान्टेड सूचीमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् ।
नेपालमा अवैध रुपमा हातहतियारको कारोवार गर्दै आएका भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत बस्ने ४५ वर्षीय राजदेव यादवलाई सिरहा प्रहरीको विशेष गस्ति टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल भारतको सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका यादबलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी १ बाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका यादव लामो समय देखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको र नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »