
सिरहामा कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानीलगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने सो अवसरमा प्रधानमन्त्रीले बताए । सिरहा जिल्लाका जनतालाई सम्बोधन गर्न आफू छिट्टै सिरहा आउने प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ, मलाई पनि निकै नमीठो लागेको छ ।’
‘अब समय लिएर छिट्टै सिरहाका जनता भेट्न आउनेछु ।’ सिरहाको प्रतिनिधिमण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्गलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री दाहाल सिरहाको क्षेत्र नं ५ बाट गत संविधानसभा निर्वाचनमा निर्वाचित भएको हो ।
