हराउँदै जान थालेको कुस्ती खेलको उत्थान हुँदै

प्रकाशित समय 10:50:00 AM
जिवछ यादव, 
लहान, २९ असोज । कुनै वेला सिरहा जिल्ला कुस्ती खेलको उर्वरभूमि नै रहेपनि यो खेल हराउन थालेको अवस्थामा सिरहा–४ वाट निर्वा्चित नेपाली काँग्रेसका सांसद राम चन्द्र यादव कुस्ती खेलको उत्थानमा सक्रियता देखाएको छ ।
सिरहा–४ चैनपुरमा सांसद निर्वाचित भएकै वर्षदेखि कुस्ती प्रतियोगिताको आयोजना गरेर निरास भएका पहलमानहरुलाई फेरि लाग्नुपर्ने उत्साह वढाउन लागिपर्नु भएको छ । चैनपुरमा सम्पन्न दुई दिवसीय कुस्ती प्रतियोगितामा नेपालका एक दर्जन र भारतका विभिन्न प्रान्तका गरि दुई दर्जन पहलमानहरुले प्रतियोगितामा भाग लिएका थिए ।
समापन्न समारोहमा विहिवार सभासद यादवले भने, ‘म पनि कुस्ती खेल खेलेर नै गाविस अध्यक्ष हुँदै सभास सांसद भएको छु । स्वास्थ्यको लागि कुस्ती खेल आवश्यक भएको भन्दै सिरहा जिल्लाका पहलमान अब सक्रिय भएर लाग्नु पर्छ । म चुनावको वेला यूवासंग गरेको वाचा पूरा गर्न लागेको छु ।’
अर्का सांसद मो मुक्तारले सांसद यादवको मुक्तकण्ठाले प्रशंसा गर्दै उहाँ काठमाडौमा अनावश्यक समय खर्च नगरि जिल्लाका जनताहरुसंग वढी घुलमिल भएर जनपक्षिय काम गरिरहेको छ । दशैको विदालाई सदुपयोग गर्न शुभकामना कार्यक्रमसंगै जिरोमाईलमा देव कुमार स्मृति फुटवल प्रतियोगिता र चैनपुरमा कुस्ती प्रतियोगिता गरेर खेल प्रेमी सांसद यादवलाई नेपाली काँग्रेसको नेतृत्वमा वन्ने सरकारमा खेलकुद मन्त्री बनाउन यूवा सांसदहरुले अवाज उठाउने भन्ने मन्तवय राखेपछि दर्शकहरुले ताली वजाएर समर्थन गरेका थिए ।
कुस्ती खेलका प्रशिक्षक नन्दुलाल यादवका अनुसार आफू कुस्तीखेलको प्रशिक्षक भएर वुढेस कालमा आईपुगेको अनुभव साटदै हराउन लागेको कुस्ती खेलको उत्थानमा सांसद यादवको सक्रियताले मरिसकेको मनभित्र फेरि उत्साह ल्याई दिएको छ ।
सिरहाको हरेक गाँउमा कुस्ती खेल भईरहेको सम्झना गर्दै सिरहाका खेलाडीहरु अन्तर्राष्ट्रिय कुस्ती खेलमा समेत नाम कमाई सकेको ईतिहास छ । सभासद यादव पनि नामी पहलमान भएकोले उनी राजनीतिमा सफल हुँदै गएपछि कुस्ती खेल उत्थानको लागि देखाएको सक्रियता सराहनीय रहेको बताएको छ ।
कुस्ती खेलका लागि चैनपुर उच्च माविका प्रधानाध्यापक दोरिक यादव, शिक्षक श्रीप्रसाद यादव र व्यापारी हरि साहले कुस्ती खेलका लागि सहयोग गरेका थिए । लोकमार्गको उत्तरी भेगमा पहाडी समूदायको वाक्लो वस्ती भएको भेगमा दक्षिण भेगका हजारौ दर्शकहरु खेल हेर्न दुई तीन घण्टाको वाटो हिडेर पुगेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »