ग्यास चुहिएर गम्भीर घाइते युवकको मृत्यु

प्रकाशित समय 8:34:00 PM
महोत्तरी, २ कार्तिक । महोत्तरीको मटिहानी गाविसमा ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका मटिहानी गाविस–५ बस्ने रामनारायण मण्डलका छोरा २८ वर्षीय लव रहेको परिवारजनले जनाएका छन् । बडादसँैंको नवमीमा राति छिमेकीको ग्यास चुल्हामा समस्या भएकाले बनाउन गएका लवकोे ग्यास चुहिएर शरीर जली गम्भीर घाइते भएका थिए ।
घाइते लवलाई उपचार लागि काठमाडौँंस्थित कीर्तिपुर अस्पतालमा लगिएमा मंगलबार उनको उपचारका क्रममा मृत्यु भएको छिमेकी कामेश्वर ठाकुरले बताए । सो घटनामा लवसहित चार जना घाइते भएका थिए । बाँकी तीन जनाको उपचार भइरहेको छिमेकी ठाकुरले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »