पक्राउ परेका श्रेष्ठले सो टंकीमा ६ वटा जारमा राखिएको ३ सय लिटर मट्टितेल मिसावट गर्न लागेको अवस्थामा स्थानियहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
संचालक श्रेष्ठले यस अघि पनि यसरी नै पेट्रोलमा मट्टितेल मिसावट गरेर विक्री वितरण गर्दै आएको स्थानियहरुले जनाएको छ । श्रेष्ठलाई नियन्त्रणमा लिएर सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
चाडवाडको समयमा पनि महोत्तरीको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित रहेको गौशाला बजारमा प्रशासनकोतर्फबाट अनुगमन नभएपछि सेवाग्राहीहरु खुलेआम ठगिदै आएको छ । यसभन्दा अगाडि अनेकौपटक अनुगमन भएतापनि सो अनुगमन देखावटीको लागि मात्र सावित हुने गरेको स्थानियहरुले प्रतिक्रिया दिएका छन ।
