
शंकास्पद व्यक्तिले बोकेको दुईवटा कालो झोला सशस्त्र प्रहरीको शादा पोशाकको टोलीले चेकजाँच गर्दा उक्त परिमाणको चरेस बरामद भएको हो । ती दुईजना तस्कर चेकजाँच टोलीमा सामेल सशस्त्र प्रहरीका जवान अरुणकुमार यादवको औंला समेत टोकेर छिनालिदिएपछि भागेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए । उनका अनुसार फरार तस्करको पनि खोजी भइरहेको छ ।
