बार्षिक प्रगति समीक्षा गोष्ठीमा दलीय संयन्त्रका व्यक्तिहरुबाटै नाराबाजी

प्रकाशित समय 5:33:00 PM
गोलबजार, ११ कात्तिक । लहान नगरपालिकाको कार्यालयले विहीवार आयोजन गरेको बार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रमलार्ई राजनीतिक दलहरुले विथोलेका छन् । लहान नगरपालिकामा दलीय संयन्त्रका राजनीतिक व्यक्तिहरुले कार्यक्रम स्थलमा नाराबाजी गरी कार्यक्रम बिथोलेका हुन् ।
आर्थिक वर्ष २०७२÷७३ को योजना तथा कार्यक्रमको बार्षिक प्रगति समीक्षा गोष्ठी लहान नगरपालिका कार्यालयले आयोजना गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत मोहमद शेरे मुुस्तुुफाले आर्थिक अनियमितता गरेको, नगरपालिका भित्रका छाडा चौपाया नियन्त्रण नगरेको, अवैध तरिकाले स्थानीय बजार कर संकलन ठेक्का लगाएको, आर्थिक वर्ष २०७२÷७३ को अनुुगमन प्रतिवेदन अनुुगमन समतिलाई समेत सार्वजनिक नगरेको आरोप लगाएका छन् ।
राजनीतिक दलिय संयन्त्रका संयोजक रामअशिष महतोले अधिकृत आर्थिक प्रलोभनमा परी नगरपालिकाको सार्वजनिक जग्गा आफूूखुुसी व्यापारीहरुलाई वितरण गरेको, जगेडा कोष रकमले विकासको काम नगरेको र लामो समयमा कार्यालयमा हाजिर नभएकाले राजनीतिक दलहरुले समिक्षा कार्यक्रम अवरोध गरेको बताए ।
नगरपालिका कार्यकारी अधिकृत मोहमद शेरे मुुस्तुुफाले बार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रम राजनीतिक दलिय संयन्त्र भित्रकै व्यक्तिहरुले अवरोध गर्नु दुुःखद भएको बताए । उनले राजनीतिक व्यक्तिहरुले उठाएको प्रश्नको जवाफ आफूसंग भएपनि जवाफ दिने मौका नै नदिएको गुुनासो गरे ।
कार्यकारी अधिकृत मुुस्तुुफा भदौ ७ गते पछि कार्तिक ७ गते कार्यालयमा हाजिर भएका छन् । उनी भदौ ७ गते देखि असोज १४ गतेसम्म सेवाकालिन तालिमका लागि काठमाडौंमा रहेको र त्यसपछि कार्यालयमा हाजिर नभई कार्तिक ६ गतेसम्म काजमा बसेको नगरपालिका प्रशासन फाटमा उल्लेख छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »