संस्थालाई आत्मनिर्भर वनाउन उचित योजनाको आवश्कता : सासंद चौधरी

प्रकाशित समय 6:14:00 PM
राम नारायण पंडित
सिरहा, ३ कार्तिक । कुनै पनि संस्थालाई आत्मनिर्भर बनाउन उचित योजनाको आवश्कता रहेको नेपाली कांग्रेसका नेता तथा सिरहा क्षेत्र नं. १ का सासंद पदमनारायण चौधरीले बताएको छ ।
भवानी एकीकृत सामुदायीक विकास केन्द्र, धनगढी २ सिरहाको २१ औं साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले संस्था खोल्न सजिलो भएपनि त्यसलाई आत्मनिर्भर बनाउन उचित कार्ययोजनाको आवश्यकता भएको बताए ।
यसअघि केन्द्रले जिल्लाको दुरदराज गाँउहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य तथा बालकालिकाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै सिरहा क्षेत्र नं. ४ का सासंद रामचन्द्र यादवले संस्थालाई त्यही अवस्थामा पु¥याउन आफूले पनि सहयोग गर्ने बताए । जिल्लामा १०५० सामाजिक संस्थाहरु दार्ता रहेपनि वार्षिक १२५ नविकरण भईरहेको र त्यस मध्ये पनि थोरै संस्थामात्र क्रियाशिल रहेको गैसस महासंघका जिल्ला अध्यक्ष गोविन्दराज विष्टले बताए ।
यतिको संस्थाहरुको विचमा भवानीले आफ्नो कार्यकालमा असल र सम्झना योग्य कामहरु गरेको बताए । कार्यक्रममा पत्रकार महासंघ सिरहाका सचिव जिवछ यादव, प्रेस चौतारी सिरहाका अध्यक्ष राम भरोसी महतो, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मणिलाल विश्वकर्मा लगायतकाले आ–आफनो धारणा राखेका थिए । संस्थाको अगुवाईमा सिरहाको दक्षिणी भेगका महेशपुर पिप्रा प्रध र पोखरभिण्डा गाविसमा हरुवाचरुवाको लागि १२ वाटा समूह निर्माण गरि २८० घरधुरीका हरुवा चरुवाहरुलाई मानव अधिकार महिला प्रजनन स्वास्थ्य बधुवा मजदुर मानव वेचविखन सुरक्षित बसाईसराई भूमि अधिकार र रोजगारी सम्वन्धमा सचेतना कार्यक्रमले निकै प्रभाव पारेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »