न्याय गर्ने न्यायाधीश विरुद्ध उजुरी

प्रकाशित समय 6:53:00 PM
धनुषा, २० असोज । धनुषा जिल्ला अदालतका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यविरुद्ध न्याय परिषद उजुरी परेको छ । आर्थिक चलखेल गरेर अभियुक्तलाई धरौटीमा रिहा गरेको भन्दै न्यायधीश आचार्य विरुद्ध उजुरी परेको हो ।
धनुषामा सबैलामा विद्यालय व्यवस्थापन समितिको विवादमा एमालेका नेता तथा कार्यकर्ताले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाका १५ अभियुक्तलाई आर्थिक प्रलोभनमा पारी रिहाको आदेश दिएको भन्दै उनीविरुद्ध न्याय परिषद्को कार्यालय ललितपुरमा उजुरी परेको छ ।
सवैला विद्यालय घटनाका मुख्य अभियुक्त एमाले २ नम्बर प्रदेशका सदस्य एवं पूर्वसांसद योगनारायण यादव र दुर्गाप्रसाद साह पूर्पक्षका लागि थुनामा छन् । २०७१ चैत ८ मा धनुषा जिल्लाको सबैलामा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा यादव समूहले गोली चलाउँदा रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
न्यायाधीश आचार्य विरुद्ध मृतक राउतकी श्रीमती सिकिल देवी गडेरीले न्याय परिषद उजुरी दिएकी छन् । गडेरीकी अनुसार न्यायधीश आर्चाय आर्थिक प्रलोभनमा परी घटनाका दोषीहरुलाई धरौटीमा रिहा गरेका छन् । एउटै घटनामा संलग्नलाई दुई किसिमको व्यवहार गरिएको गडेरीले उजुरीमा उल्लेख छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »