जनकपुरको एक निजी अस्पतालमा गर्भवतीको ज्यान गयो

प्रकाशित समय 5:22:00 PM
जनकपुर, ३० असोज । जनकपुरको एक निजी अस्पतालको लापरबाहीले एक गर्भवती महिलाको ज्यान गएको छ । धनुषा विक्रमपुरकी २२ वर्षीया किरण यादवको मृत्यु भएको हो । जनकपुर अञ्चल अस्पतालकै अगाडी सञ्चालनमा रहेको आर्या केयर एण्ड क्यूर अस्पतालको लापरवाहीले किरणको ज्यान गएको परिवारजनले जनाएको छ ।
नौ महिनाकी गर्भवती किरण उपचारका लागि शनिवार त्यस अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विषेशज्ञ डा. विजय सिंहको लापरवाहीले किरणको आईतबार १० बजे मृत्यु भएको मृतककी बुबा राजेश यादवले बताए ।
अत्यधिक रक्तश्राव भएर विरामीको अवस्था गम्भीर भए पनि डा.सिंह वेवास्ता गर्दै बाहिर निस्केको र केहि वरे पश्चात छोरीको ज्यान गएको बुबा राजेशको गुनासो छ । पटक पटक विरामीको स्वास्थ्य अवस्थाको विषयमा अस्पताललाई जानकारी गराउँदा समेत मतलब नगरेको र त्यहाँबाट अन्त रेफरसमेत नगर्दा मृत्यु भएको परिवारजनको दावी छ ।
गर्भवती यादवलाई जनकपुरको ओम क्लिनिकमा डा.विजय सिंहले चेकचाँच गरेपछि आर्या अस्पतालमा भर्ना गरिएको अस्पतालका कर्मचारी डा.प्रियरंजनले स्वीकार गरे । यता अस्पताल पक्षले बिरामीका परिवारजनलाई रगतको व्यवस्था गर्न भनेको तर बिरामीको आफन्तले रगतको व्यवस्था गर्न नसक्दा बिरामीको मृत्यु भएको दावी गरेको छ । यसमा अस्पताल र चिकित्सकको कुनै दोष नरभएको अस्पतालको स्पष्टोक्ति छ । जनकपुर अञ्चल अस्पतालमा समेत कार्यरत रहेका डा.सिंह पटक पटक विवादमा तानिदैं आएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »