मधेसको कुरा गर्ने हो आईटीमा मधेस निकै पछाडी छ । दैनिक रुपमा काम लग्ने इमेल ,एस.एम.एस, रिचार्ज जस्तो कुरा पनि धेरै मानिसलाई आउदैन । मधेसमा प्राय डक्टर, इन्जिनियर (सिविल) जस्ता पढाई अभिभावकमाझ लोकप्रिय छ । तर अहिले आईटी पढाई धेरै अपरिहार्य भईसकेको छ । विदेश जाने युवाहरुलाई समान्य आईटीको तालिम दिन सक्यो भने धेरै ढुकुटी जुन मोबाइलमा खर्च हुन्छ त्यो बचन सक्छ । आजको य’गमा फेसबुक, एसकाइप जस्ता सोसल मेडियाले निशुल्क संचार स्थापित गरेको छ सही उपयोग गर्न सकियो भने यो निकै फाईदाजनक छ ।
आज भन्दा १० वर्ष अगाडीको आइटी शिक्षा र आज को आइटी शिक्षाको तुलना गर्ने हो भने नेपालमा आइटी शिक्षाको विकासमा ठुलो फड्को मारिएको छ । त्यत्ति बेला आधिकारिक रुपले नेपालमा आइटी सम्वन्धी पाठ्यक्रम एउटा कुनै विषयको च्याप्टरको हिसाबले राखिन्थ्यो भने आज आएर भित्रि रुपले नियाल्ने हो भने आइटी शिक्षाको प्रायः हरेक कलेजको पाठ्यक्रममा कुनै न कुनै प्रकारले समाहीत गरेको पाईन्छ । यसका मुख्य २ कारण हुन सक्छन् । पहिलो बाहिरी मुलुकबाट आएको लहर जसले गर्दा आइटी शिक्षाको बारेमा जाँदै नजानेका विज्ञहरुले नेपालमा आइटी शिक्षाको शुरुवात गराउन बाध्य पार्यो र जे भए पनि शुरुवात चै भयो । अर्को कारण हो, नेपालका निजि स्तरका ठुल्ठुला कम्पनीहरुले आइटी सम्वन्धी विज्ञहरु बाहिरी मुलुकबाट झिकाउन बाध्य पार्यो । विस्तारै विस्तारै नेपाली आधिकारिक संस्थाहरुलाई यति ज्ञान त् भयो की नेपालमा आइटी शिक्षाको अभाव छ । यो क्षेत्रमा दक्ष जनशक्ति को उत्पादन गर्नु आवश्यक हैन अपरिहार्य नै भै सकेको छ । नतिजा सबैका सामुन्ने खुल्ला छ ।
मेरो प्राथमिक तहको पढाई सिरहामा नै भयो र कक्षा ८ को पढाई सकेर म बिराटनगर गए । यो कुरा करिब सात वर्ष पहिलेको हो । बाहिर बस्दा आफ्नो गाउँ–ठाउँको समाचार, गतिबिधि सुन्ने कुनै स्रोत थिएन कहिले काहिँ ठूलो घटना भयो भने मात्र रेडियो कान्तिपुर र कान्तिपुर पत्रिकामा आउथियो । मेरो मन भित्रि देखि खिन्न भयो र मैले निधो गरे जसरी भएपनि आफ्नो ठाउँको लागी केहि गर्नुपर्यो जसले गर्दा आफ्नो गृह जिल्ला भन्दा बाहिर रहेको जोसुकैले ताजा गतिबिधि र समाचार पढ्न सकोस् र आजसम्म सिरहा जिल्लामा मात्र आधि दर्जन अनलाइन पत्रिका बनाई सके । खुशी लाग्छ आफ्नो जिल्लाको लागी काम गर्न ।
यस्ता परिवर्तन कुनै किताबी पाठ्यक्रम नभई विद्यार्थीमा आत्मबल कसरि वढाउने, केहि गर्न सक्ने जोश जाँगर कसरि वढाउने र सबै भन्दा महत्वप’र्ण नयाँ आईडिया तथा इन्नेभेसबन का कुराहरु उनीहरुमा विकसीत गराउन सक्ने तरिकाहरुमा केन्द्रित हुनु पर्छ । हाम्रा पाठ्यक्रमहरुमा यी मध्ये कुनै एउटा पनि देखिन्न । सूचना प्रबिधि ले हामीलाई यति नजीक ल्याएको अवस्थामा हामी कुनै पनि पाठ्यसामग्रीहरुबाट टाढा छैनौ । हामीलाई विश्वमा अन्यत्र हुने कुनै पनि नँया शिक्षा प्रणालीमा अपनाउन तरिकाहरु खोज्न कसरत गरिरहनु पर्दैन । तै पनि किन हामी पछाडी छौ ? यसको जल्दोवल्दो उदाहरण आज प्रायः जसो हाम्रा आदरणीय नेताज्यूहरु ईमान्दार नहुनुमा उनीहरुमा र त्यस्तै उनीहरुमा सहि सोच र दूरगामी दृस्टी नहुनुले हो । उनीहरुले हाम्रा पाठ्यक्रमबाट विद्यार्थीहरु किताबी त बन्छन तर अन्वेषक बन्न सक्दैनन् भन्ने कूरा राम्ररी ब’झेका छन् । उनीहरु धेरै जसोले आफै पनि हामीले पढेकै पाठ्यक्रम अपनाएर आएका हुन् । यो जान्दाजान्दै पनि नयाँ पुस्तालाई परिवर्तन गर्ने सोच छैन उनीहरुमा ।
आज भोलि आई टि ले सबै वर्ग र क्षेत्र लाई नै छोएको छ । हामी मध्ये प्रायःले आई टि को कुनै ज्ञान नै नभएको अवस्था मा पनि आई टि को प्रयोग गर्ने पर्ने जान्ने पर्ने वा भनौ त्यसमा संलग्नता नभएको खण्डमा त्यसको असर गाँस बाँस मा पर्न सक्ने सत्यता प्रायः सबैले बुझेकै हुनुपर्छ । यस्तो परिस्थीति हुँदाहुँदै पनि सरकारले आई टि संग सम्वन्धीत आधारभूत उपलब्ध गराउन सकेको छैन । प्रायः जसो सरकारी विद्यालयहरुमा पुराना, त्यसमाथिपनि चल्दै नचल्ने अवस्थाका कम्प्यूटर थुप्रै ठाउँहरुमा रहेको देखिन्छन् ।
त्येसैले अब आभिभावकहरुको विचारमा परिवर्तन हुन जरुरी छ र स्कूल संचालकहरुले पनि यो कुरामा सोच्नुपर्छ ।
