उनी विहान साढे ९ बजेको समयमा गाउँलेहरुसँग माटो लिन गएकी थिइन् । ढिस्कोले पुरिएको उनको शव स्थानीय बासिन्दा र सन्तपुर दोस्तियाका प्रहरीहरु मिलेर बाहिर निकालेका थिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
दिपावली र छठका बेला घर लिपपोत गर्न माटो लिन जाने क्रममा वर्षेनी रौतहटमा ढिस्कोले पुरिँदा ज्यान जाने गरेको छ ।
