जोन डिलर कम्पनिले ५०३६ डि मोडलको ट्याक्टर लहान बजारमा

प्रकाशित समय 5:40:00 PM
लहान, ११ कार्तिक । कृषकहरुलाई लक्षित गरि जोन डिलर कम्पनिले ५०३६ डि मोडलको नयाँ ट्याक्टर लहान बजारमा ल्याएकै दिन बुधवार ६ वटा ट्याक्टरको बिक्री भएको छ । लहान बजारको मेनराडको छेउमा रहेको बिवेक अटोमोवाईल्स प्रालिले उक्त ट्याक्टरको बिक्री बितरण शुरु गरेकै दिन उत्साहजनक रुपमा बिक्री भएको हो ।
नयाँ ट्याक्टरको बिक्री बितरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै जोन डिलर कम्पनिका क्षेत्रीय प्रबन्धक श्याम पटेलले सिरहासहित सप्तरी र उदयपुरका किसानहरुलाई लक्षित गरि लहान बजारमा नयाँ ट्याक्टरको बिक्री बितरण शुरु गरिएको जानकारी दिए । बजारमा आएको उक्त ट्याक्टर आधुनिक प्रबिधि र हाइड्रोलिक क्षमताको भएकाले तराई तथा पहाडको बाटोमा अन्य कम्पनिको ट्याक्टर भन्दा सजिलै र सहज रुपमा गुड्न सक्ने दाबी गर्दै कम्पनिका प्रबन्धक बाबुराम श्रेष्ठले किसानहरुलाई सस्तो र सुल्भ किसिमबाट ट्याक्टरको पाटपुर्जाहरु उपलब्ध गराईने बताए ।
रु. १२ लाख ७५ हजार मुल्य पर्ने उक्त ट्याक्टरमा १३–६–२८ को टायर तथा मिटारक साफ्ट प्रयोग गर्नुको साथै अत्याधुनिक प्रबिधिहरु प्रयोग गरिएकोले ट्याक्टर कम तेलको खपतमा बढी काम गर्ने कम्पनिका क्षेत्रीय सर्भिस इन्जिनियर चन्द्र कुमार यादवले बताए । किसानहरुको सुबिधालाई ध्यानमा राखि दिपावली, तिहार र छठ पर्वको अवसरमा ट्याक्टर खरिदमा बिशेष छुट दिने योजना गरेको कम्पनिका फाइनान्स म्यानेजर राजन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »