एक महिन अघि भएको सम्झौता व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको भन्दै झण्डै ७० जना ईन्टर्नसीपका विद्यार्थीे मेडिकल कलेज भित्र स्वास्थ्य उपचार सेवा समेत ठप्प गरि आन्दोलित भएका थिए । व्यवस्थापन पक्षले दशै पछि दुई पक्ष बीच भएको ६ बुदे सहमति कार्यान्यन गर्ने प्रतिवद्धता जनाएपछि आन्दोल तत्कालको लागि स्थगित गरिएको एक विद्यार्थीले बताए । उनीहरुको आन्दोलनको कारण कलेजको भित्रका स्वास्थ्य उपचार सेवा समेत प्रभावित भएको थियो । कलेज र ईन्टर्नसीपका विद्यार्थीहरु विभिन्न सेवा सुविधाको माग गर्दै आन्दोलनमा होमिए पछि ५ भदोमा व्यवस्थापन पक्ष र विद्यार्थीहरुबीच ६ बुँदे सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि विद्यार्थी १० असोजदेखि आन्दोलित भएका थिए ।
सहमतिमा ईन्टर्नसीपका आईएमओ सरह सेवा सुविधा पाउन माथि बोर्डमा सिफारिस गर्ने, बाँकी बक्यौता तलबभत्ता दशैभन्दा पहिला प्रदान गर्ने लगायत सहमति भएको थियो ।
