लुगा सिउँदै जीवन धान्दै ग्रामीण महिला

प्रकाशित समय 5:21:00 PM
महोत्तरी, ३० असोज । केही समयअघिसम्म चुलोचौको, घाँस दाउरामा दैनिकी बिताइरहेका महोत्तरी जिल्लाको ग्रामीण भेगका रुमहिला लुगा सिउने सीप सिकेर घर बसीबसी मनग्य आम्दानी गरिरहेका छन् । वर्षौं वर्षदेखि घुम्टोभित्र जीवन जीउँदै आएका मधेसका महिला सिलाइ कटाइसम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन् ।
प्रशिक्षण लिएर ग्रामीण भेगकी महिला दिदीबहिनीले मासिक हजारौँ कमाउन सफल भएका छन् । सिलाइ सिकेर टेलर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरूले मासिक बचत पनि गरिरहेका छन् । जिल्लाकोरुहतिसर्वा–६ की २१ वर्षीया नगीनाकुमारी चौधरी घरको दैनिक काम पनि सिध्याउँछिन् ।  कक्षा ११ सम्म पढेकी उनी कपडा सिउने सीप सिकेर महोत्तरीको गौशाला बजारमा लुगा सिउने व्यवसाय सञ्चालन गरिरहेकी छिन् ।  लुगा सिलाएर उनले मासिक रु. १० हजारदेखि रु. १५ हजारसम्म हात पार्छिन् ।
गाउँमै १५ महिने सिलाइकटाइको तालिम लिएपछि नगीनाको दिन फेरिएको छ । बिहानबेलुका घरको कामकाज गर्ने र बाँकी समय पसलमा आएको लुगा सिलाउन उनी व्यस्त रहन्छिन् ।  सीप सिकेर ‘सिलाइ’ व्यवसाय सञ्चालन गरेपछि नगीनालाई अरूको सहारामा बाँच्नुपर्ने बाध्यता हटेको छ ।  सीप सिकेपछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ ।  उनी भन्छिन, ‘मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ ।  सीपले मानिसलाई परनिर्भता हुनबाट जोगाउँछ ।’
यता श्रीमानको कमाइले घर चलाउन धौधौ पर्न थालेपछि महोत्तरी बेलगाछी–३ की ३४ वर्षीया रुवी यादवले पनि सिलाइ सिकेर (टेलर्स) खोलेपछि उनको पनि दिन फेरिएको छ ।  उनी अचेल सिलाइ सिकेर घरायसी समस्याको चाङलाई छिचोल्दै सिलाइ सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन् ।  उनी भन्छिन, ‘सिलाइ कटाइको आम्दानीले घरखर्च चलिरहेको छ । रुसीप सिकेपछि आनन्द महसुस भइरहेको छ ।’ उता साहूसँग ऋण लिएर दुई वर्षअघि गाउँमै सिलाइकटाइ व्यवसाय सुरु गरेकी गौशाला–१ की २५ वर्षीया सञ्जुकुमारी पनि टेलर्स चलाएर छोराछोरीलाई बोर्डिङरुस्कुलमा पढाएर उज्ज्वल भविष्यको सपना बुन्दैछिन् ।  किसाननगर–७ की १९ वर्षीया कविताकुमारी सिंह समयको परिवर्तनसँगै समाजमा रेडिमेड एवं ‘फेसन ड्रेस’ लगाउने होडबाजीको समयमा प्रायः गृहिणीले आफूकहाँ कपडा सिलाउन आइरहेको बताइन् ।
मेला, पर्व एवं उत्सवमा कामको चटारो बढी हुने भएकाले अहोरात्र भ्याई नभ्याई काम गर्नुपर्ने हुन्छ, उनले भनिन, ‘विवाह, चाडपर्वमा राति सुत्ने फुर्सद पनि हँुदैन ।’
जानेका महिला सिलाइकटाइ गरी स्वरोजगार बन्नु उदाहरणीय कार्य भएको जानकार बताउँछन् ।  फुर्सदको समय सदुपयोगसँगै आर्थिक लाभले महिलालाई स्वावलम्बी बनाउनका लागि सहयोग पुगेको गौशालाकी शिक्षिका सुनिताकुमारी महतो बताउँछिन् ।
सरकारले गृहिणी महिलालाई लक्षित गरी सिलाइकटाइलगायत अन्य सीपमूलक कार्यक्रम गाउँगाउँमा पु¥याउनुपर्ने महतोले बताइन् ।  जिल्लाको गौशाला नगरपालिका–७ की ३० वर्षीया रिना यादव सिलाइसम्बन्धी प्रशिक्षण दिँदै आएकी छिन् । ‘आफ्नै घरमा चारवटा सिलाइ मेसिन राखेर प्रशिक्षण दिँदै आएकी छन् ।  एक महिला सिलाइकटाइ तालिम केन्द्रबाट छ महिने प्रशिक्षण लिएर कपडा सिलाइ गर्दै आएकी रिनाले हालसम्म सात जनालाई सिलाइसम्बन्धी सीप सिकाइसकेको बताइन् ।
कपडा सिलाइ (टेलरिङ) व्यवसायबाट महिला दिदीबहिनीले मासिक सरदर रु. १५ हजारभन्दा बढी कमाउँदै आएका छन् ।  विश्व जनसंख्याको एकतिहाई हिस्सा ग्रामीण महिलाको छ । ती ग्रामीण महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर रहेका छन् ।  ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरका रूपमा काम गर्ने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । ग्रामीण महिलाले परिवारका लागि चाहिने खाद्यान्नको उत्पादन तथा त्यसको व्यवस्थापन गर्ने भएकाले खाद्य सुरक्षाका लागि उनीहरूको योग्दान निकै महत्वपूर्ण रहेको राष्ट्रसंघले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »