विराटनगर भन्सार दुई दिन मात्र बन्द हुने

प्रकाशित समय 6:59:00 AM
मोरङ, २२ असोज । यस वर्षको दशैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ ।
अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द हुने भएको हो । सर्वसाधारणको सहजताका लागि यही असोज २४ र २५ गते मात्र बन्द हुने र टीकाको भोलिपल्टदेखि कार्यालय सञ्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।
विराटनगर भन्सार कार्यालयले दैनिक करिब रु छ करोडको राजस्व संकलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएकोे बस्नेतको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »