सिरहामा दुई जनाको मृत्यु

प्रकाशित समय 5:50:00 PM
गोलबजार, ९ कार्तिक । सिरहाको डुमरी र कृष्णपुरमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु भएको छ । डुमरी–३ मा ट्याक्टर दुर्घटनामा घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कल्याणपुर जब्दी–५ करुनीयाहीका १९ वर्षीय धर्मेन्द्र सदायको मृत्यु भएको हो । स १ त ४४६१ नम्बरको ट्याक्टरमा कल्याणपुरतर्फ आउने क्रममा लडेर घाइते भएका थिए ।
कृष्णपुर–३ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय कुमर दासको ५ वर्षीया छोरी सुमिताकुमारी दासको मृत्यु भएको हो । बिहान १०ः३० बजेतिर खेल्दै घर नजिकैको पोखरीमा गएपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »