दुई मोटरसाइकल ठोक्किदा चार घाइते

प्रकाशित समय 5:18:00 PM
सप्तरी, ३० असोज । सप्तरीको कल्याणपुर–३ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
भे. ५ प ५७६८ नम्बर र स ७ प ४४३२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । दुर्घटनामा डोल्पा जिल्ला दुने–२ बस्ने २३ बर्षीय दिपेन्द्र ठकुल्ला, उनका बुबा हर्क बहादुर ठकुल्ला, सप्तरी कुसाहा–२ बस्ने सुनिल चौधरी तथा सोही ठाउँकी बिनादेबी चौधरी घाइते भएका छन् ।
घाइते तीन जनाको उपचार लहान अस्पतालमा भैरहेको छ । गम्भीर घाइते हर्क बहादुरलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालय कल्यणपुरले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »