निर्देशक यादवले परिषदको ऐन, नियमलाई मिचेर आफ्नो मनोमानी गर्ने गरेको, बिना कारण कर्मचारीलाई स्पष्टीकरण तथा पदबाट हटाई हुकुमी शासन लाद्न खोजेको उनीहरुको आरोप छ । बढुवा हुनका लागि योग्य कर्मचारीलाई बढुवाको लागि प्रक्रिया अघि नबढाई कर्मचारीहरुलाई बिना कसुर कारवाही गर्ने गरेको कर्मचारीहरुले बताएका छन् । कर्मचारीलाई पद अनुसार काम नदिई निर्देशक यादवले आफैसँग सबै अधिकार राखेको उनिहरुको गुनासो छ ।
कर्मचारीले परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवलाई अविलम्ब हटाउनुपर्ने, हाल गरिएको प्राविधिक नियुतिmलाई बदर गरी दक्ष प्राविधिकलाई नियुक्ती दिनुपर्ने, विगतमा भएको सहमति पालन हुनुपर्ने, कार्यकारी निर्देशकको नियुतिm नेपाल सरकारबाट हुनुपर्ने र परिषदको ऐन, नियमावली समय सापेक्ष हुनुपर्ने कर्मचारीहरुको माग रहेको छ । आफूहरुको माग पूरा नभएसम्म कार्यालयको कामकाज ठप्प गरी आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।
