अज्ञात रोगबाट दुई बिद्यार्थीको मृत्यु

प्रकाशित समय 6:37:00 PM
रौतहट, १० कार्तिक । अज्ञात रोगबाट रौतहटको दुई बिद्यालयमा अध्ययनरत दुई विद्यार्थीको ज्यान गएको छ । पछिलो केही दिनदेखि अचानक तेज ज्वरोबाट ग्रस्त भसेढवा माबिमा कक्षा सातमा अध्ययनरत भसेढवा तिनका १३ बर्षीय दिपक रामको गएराती उपचारको क्रममा भारतको रक्सौल स्थित डंकन अस्पतालमा मृत्यु भएको छ ।
रामको शोकमा बुधवार भसेढवा कटहरीया आसपासका बिद्यालय बन्द रहेको भसेढवा मावीका प्रधानाध्यापक एवं नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष राममंगल यादवले बताए । त्यसैगरी मंगलवार कटहरीया एक हर्षाहा स्थित सामुदायिक निमाबी कक्षा तिनमा अध्ययनरत छात्रा मोस्तकिमा खातुनको अज्ञातरोग बाट मृत्यु भएको थियो ।
खातुनको शोकमा मंगलवार सामुदायिक निमावी हर्षाहा बन्द रहेको प्रधानाध्यापक चुन्चुन यादवले बताएका छन् । कटहरीया भसेढवा लगायत यसक्षेत्रका बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुको बिधालयद्वारा समय समयमा स्वाश्थ्य परिक्षण गरीनुपर्ने अभिभावकहरुले माग गरेका छन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »