पथरी बजार तथा चोक क्षेत्रमा एडिस एजिप्टाइ लामखुट्टेको वासस्थानका रुपमा देखिएका प्रशस्त मात्रामा अव्यवस्थित रहेका पानी जमेका टायरहरु, पानी जमेका बोतल, टोक्री तथा स्थिर रुपमा पानी जमिरहेकास्थलहरु समेत फेला परेका छन् । पथरी बजार क्षेत्र डेंगु मात्र नभएर लामखुट्टेजन्य सवैखाले रोगको उच्च जोखिममा रहेको क्षेत्रमा पर्दछ ।
पथरी क्षेत्रमा देखिएको एडिस एजिप्टाइ लामखुट्टे रोगी अवस्थाको भए त्यहाँबाट आसपासका स्थानमा पनि रोग फैलिन सक्ने भएकाले यसबाट सचेत हुन सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव डिल्लीराम श्रेष्ठले जनाए । जिल्ला जनस्वास्थ्य कार्यालयको अगुवाईमा दमक नगरसँग सिमा जोडिएको उर्लाबारी नगरमा समेत हिजो र आज डेंगु फैलाउने लामखुट्टेको अनुगमन भएको छ । तर त्यहाँ त्यसखाले लामखुट्टे फेला नगरेको उल्लेख छ ।
झिसमिसे साँझ र मिर्मिरे विहानीमा सक्रिय हुने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा डेंगु भई उच्च ज्वरो आएर ज्यान समेत जानसक्ने खतराबाट बच्न लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय हुने स्वास्थ्यकर्मीहरुले उल्लेख गरेका छन् ।
