मधेश प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको उपाधी गणपतिलाई

प्रकाशित समय 5:42:00 PM
राजविराज, ११ कार्तिक । सप्तरीको राजविराजमा संचालित मधेश प्रिमियर लिग
(एमपीएल)को टी–ट्वान्टी क्रिकेटको उपाधी गणपति क्रिकेट टिम राजविराजले कब्जा गरेको छ । राजविराजमा बिहीबार भएको फाइनल खेलमा गणपतिले मेसु लंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले व्याटिङ्ग गरेको मेसु निर्धा्रित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि बिधान गोस्वामी ३०, शेखर झा २६, राकेश कामैत १७ रन बनाए । ब्लिङ्गतर्फ गणपतिका दीपेन्द्र ऐरी ३, विजय भारती र मेहबुब आलमले २–२ विकेट लिए ।
१ सय २८ रनको लक्ष्य लिएुर व्याटिङ्ग गर्न आएको गणपति १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि अमल दास ४७, राजेश सिंह २१, मेहबुब आलम अविजित २० रन बनाए ।
बलिङ्गतर्फ मेसुका रबिन सिंह र बिटु कुमार २–२, दलजीत कुमारले एक विकेट लिए । खेलको म्यान अफ द म्याच अमल दास घोषित भए ।
प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजय भारती, गणपतिकै अमल दास बेस्ट ब्याटसम्यान, गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर घोषित भए । प्रतियोगिता समापनपछि आयोजित कार्यक्रममा सद्भावना पार्टीका अध्ययक्ष राजेन्द्र महतोले कप, मेडल, पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »