जानकी विश्वानाथ स्मृति प्रतिष्ठानद्धारा दुई छात्रालाई छात्रवृति प्रदान

प्रकाशित समय 5:41:00 PM
कमलेश कुमार यादव
सिरहा, १३ कार्तिक । जानकी—विश्वनाथ स्मृति प्रतिष्ठान, सन्हैठा सिरहाले प्रत्येक वर्ष झै यसपालि पनि आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रवृति प्रदान गरेको छ । कार्तिक ११ गते प्रदान गर्ने गरिएको छात्रवृति सन्हैठा माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याएका दुईटा छात्रालाई दिने घोषणा गरेको थियो ।
यसपालि मनिषा कुमारी यादव तथा पुनिताकुमारी यादवलाई जनही पाँचहजार रुपैया कार्यक्रमका प्रमुख अतिथि सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पसका क्याम्पसप्रमुख रामहित यादव तथा विशिष्ठ अतिथि सोही क्याम्पसका अवकाश प्राप्त प्रो. चन्देश्वर गोइतले प्रदान गरे । सो अवसरमा प्रतिष्ठानका संरक्षक तथा नयाँ शक्ति पार्टीका नेता रामरिझन यादवले भोजभतेर र दाइजो प्रथामा गुम्सिएको मधेशी समाजलाई नयाँ युगतिर डो¥याउन आफूले मितव्ययिता अपनाउदा समाजबाट भोग्नु परेको प्रताडनाको मार्मिक कथा सुनाउँदा सभा संवेदनशील बन्न पुगेको थियो ।
  पाँच वर्ष पहिले बुबा खस्दा उनले भोजभतेरमा फजूल खर्च नगरेर अढाई लाख रुपैयाको एउटा अक्षयकोष स्थापना गर्नु भयो । यही कोषको व्याजबाट प्रत्येकवर्ष दुई जना छात्रालाई प्लस टू पढन जनही पाँच पाँचहजार रुपैयाको छात्रवृति दिँदै आएका छन् । कार्यक्रमको सभापतित्व प्रतिष्ठानको अध्यक्ष सुरेशचन्द्र सुमनले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »