सिरहाका सामुदायिक बिद्यालय भोली बन्द हुने

प्रकाशित समय 5:39:00 PM
गोलबजार, ४ कार्तिक । बिभिन्न पेशाागत शिक्षक संघ संगठनहरुको आहवानमा आज शुक्रबार सिरहाका सम्पुर्ण बिद्यालय बन्द रहने भएको छ ।
अस्थायी शिक्षकहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गरी राजधानीमा आन्दोलनरत अस्थायी शिक्षकहरुलाई गिरफतार गरिएकोले रिहाईको माँग गर्दै आज शुक्रबार एक दिनको लागि सिरहाका सम्पुर्ण सामुदायिक बिद्यालय बन्द गर्न आहवान गरिएको बिभिन्न १० पेशागत शिक्षक संघ संगठनद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।
केन्द्रिय आन्दोलनमा समर्थन जनाउनेहरुमा नेपाल राष्ट्यि शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल शिक्षक मंच, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम गणतान्त्रिक, नेपाल शिक्षक परिषद, अखिल नेपाल, राष्ट्रिय शिक्षक  संगठन, मधेशी शिक्षक लोकतान्त्रिक फोरम र एकीकृत अखिल नेपाल शिक्षक संगठन रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »