
राजविराजमा विहिवार नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मधेशको मुद्दामा बोल्दै उनले यस्तो बताएकी हुन् । मधेशी जनतालाई न्यायको अनुभुति गराउन र मुलुकमा शान्ति स्थापनाका लागि चाडै संविधान संसोधन हुने समेत उनले बताइन् । ‘जनतालाई न्यायको अनुभुति गराउन र मुलुकमा शान्ति स्थापनाका लागि संविधान संसोधन आवश्यक छ’ उनले भनिन् ‘वर्तमान संविधानबाट मधेशी जनता संतुष्ट नरहेकोले चाडै संविधान संसोधन हुन्छ ।’
संविधान संसोधनका लागि नेपाली काँग्रेसले सक्दो पहल गरिरहेकोले चाडै समग्र नेपाली जनताको हितमा संविधान संसोधन हुने बताईन् । नेपाली काँग्रेस सधै जनताकै हितका लागि अगाडी बढिरहेकोले संविधान संसोधन पनि काँग्रेसकै भुमिकाबाट हुने स्पष्ट समेत गरिन् । कार्यक्रममा नेपाल काँग्रेस सप्तरी क्षेत्र नम्वर ५ का सांसद तेजुलाल चौधरी, साँसद सकलदेव सुतिहार, जिल्ला सभापति दिनेश यादव, ६ वटै क्षेत्रका क्षेत्रीय सभापति लगायतले दिपावली र छठ पर्वका शुभकामना व्यक्त गरेका थिए ।
