छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग

प्रकाशित समय 7:12:00 AM

राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग


सप्तरी, ६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा लगायत १३ माग गरिएको छ । सप्तरी जिल्लावासीका तर्फबाट छिन्नमस्ता गाविसका निर्वतमान अध्यक्ष सत्यनारायण यादवले मन्दिर परिसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र दिँदै सो माग गरेको हो । 
अनुरोधपत्रमा छिन्नमस्ता–
राजविराज–रुपनी–गाईघाट सडक निर्माणमा पर्याप्त बजेटको व्यवस्था हुनुपर्ने, राजविराज विमानस्थल नियमित रुपमा पुनःसञ्चालन गरिनुपर्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास गर्नुपर्ने, छिन्नमस्तामा रहेका गोविन्दपुर र बनैनियाँ छोटी भन्सार पुनःसञ्चालन गर्नुपर्ने, छिन्नमस्ता मन्दिरबाट ३० किमी दूरीमा रहेको निर्मली रेल्वे स्टेसन विस्तार गरी छिन्नमस्ता गाविसको सीमासँग जोड्नुपर्ने उल्लेख छ ।
त्यस्तै मन्दिर परिसरमा सुविधासम्पन धर्मशाला र अतिथि गृह, राजविराज सडकको सम्पूर्ण निर्माण, स्वास्थ्य चौकीमा चिकित्सकको दरबन्दी, एम्बुलेन्सको व्यवस्था हुनुपर्ने माग गरिएको छ । जिल्लाको एक मात्र संस्कृत विद्यालय प्लस टुमा परिणत गर्नुपर्ने, छिन्नमस्ता, बनैनियाँ र शम्भुनाथ सडक निर्माण गर्नुपर्ने, राजविराजस्थित राजरंगशाला पुनःनिर्माण गर्नुपर्ने र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्तरोन्नति गर्नुपर्ने लगायत माग पनि गरिएको छ ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य व्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाईएको छ ।
शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पु¥याएका थिए ।
निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुनः सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पु¥याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »