प्रहरीका अनुसार बुधबार राति ८ बजे स्थानीय ५२ वर्षका नथुनी महतो, उनका छोरा २३ वर्षका विरेन्द्र महतो र उनको घरमा बस्दै आएका कान्छा थारु भन्नेले खुकुरी प्रहर गरी राजुको हत्या गरेका हुन् । राजुमाथि खुकुरी प्रहार गरी हत्या भएको भएपनि के कारणले हत्या भएको खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनामा संलग्न नथुनी महतोलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै उनका छोरा विरेन्द्र र कान्छा थारु फरार भएको र उनीहरुको खोजी कार्य जारी रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो । राजुको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
