पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१प ७२६६ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकलयात्री सोही ठाउँका छोटु मियाँलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सप्तरी कुशहा–९ बस्ने जुगेश्वर चौधरी समेत घाइते भएका छन् । घाइते दुबैलाई लहानस्थित अल्फेड हेल्थ केयर अस्पताल लगिएको उपचार हुन नसकेपछि दुबैलाई थप उपचारकोलागि नोबेल अस्पताल विराटनगर पठाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
