सिरहा प्रहरीद्धारा पटका पक्राउ

प्रकाशित समय 5:34:00 PM
राम नारायण पंडित
गोलबजार, ११ कार्तिक । सिरहा प्रहरीले १२ हजार भन्दा बढी मोलबराबरको अबैध पटका पक्राउ गरेका छन् ।
मिर्चैया नगरपालिका ५ स्थित पुरानो बजार हटिया लाग्ने स्थानमा लुकीछिपी पटका बिक्री वितरण भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कायार्लय मिर्चैयाबाट खटिएको प्रहरीको विशेष गस्ति टोलिले करीब १२ हजार भन्दा बढी मोलबराबरको बिभिन्न किसिमका पटका बरामद गरेको हो ।
प्रहरीले नागिन पटका, सात नलिया पटका, आलु पटका, महाराजा पटका, चकलेट पटका, रकेट पटका गरी करीब १२ हजार ५ सय मोलबराबरको पटकाहरु नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »